नियम २५
मतपत्र रुजु गर्ने
(१) निर्वाचन अधिकृतले आयोगले उपलब्ध गराएका मतपत्रहरू रुजु गर्नु पर्नेछ । त्यसरी मतपत्र रुजु गर्दा मतपत्रहरू आयोगले तोकेको ढाँचामा छापिएको छ छैन र प्रत्येक मतपत्रमा दल तथा उम्मेदवारको लागि आयोगले निर्धारण गरेका निर्वाचन चिन्हहरू तथा मतपत्रको अधकट्टीमा क्रमसङ्ख्या स्पष्ट रुपमा उल्लेख गरिएको छ छैन यकिन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम मतपत्र रुजु गर्दा कुनै मतपत्र आयोगले तोकेको ढाँचामा नभएको, मतपत्रमा कुनै दल वा उम्मेदवारको निर्वाचन चिन्ह छुट भएको, दोहोरिएको, मतपत्रको अर्धकट्टीमा क्रमसङ्ख्या उल्लेख नभएको वा अन्य कुनै किसिमको प्राविधिक त्रुटि भएको पाइएमा निर्वाचन अधिकृतले त्यस्ता मतपत्र छुट्याई सोको मुचुल्का गराई राख्नु पर्नेछ । त्यसरी छुट्याइएका मतपत्रको विवरण सम्बन्धी जानकारी निर्वाचन अधिकृतले आयोगलाई तुरुन्त दिनु पर्नेछ ।